कात्तिक १० गते बिहिबार, यस्ता छ तपाईको राशिफल


मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

आज लाभहानी, सुखदुःख बराबरी मध्यम खालको दिन छ । लगानी नगर्दा वेश हुनेछ, तर आत्मबल बढाएर काम गरेमा असफल भने भइँदैन ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

आजको दिन मध्यम नै रहनेछ । मनमा चञ्चलता बढ्ने समय छ । दिनको उत्तरार्ध बढी सुखद् रहला । सफल र लाभदायक यात्रा पनि रहला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज मन पर्ने वस्त्र, अलंकार आदि उपहार पाइने योग छ । विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ । पारिवारिक जमघटमा मन पनि रमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आज महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सानातिना समस्यामा अल्झनुपर्नेछ । स्वास्थ्यमा समस्या आउला । अनावश्यक धन खर्च हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । विशिष्ट व्यक्तिको साथ पाइनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । विद्या पनि बढ्नेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज रमणीय र सुखद् यात्राको योग छ । सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । मनमा सहयोग भाव आउला । प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आज एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । प्राविधिक र टेक्निकल काममा बढी फाइदा हुनेछ । आफन्तको साथ र सहयोग पनि मिल्नेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

आज गरेको कार्यमा सफलता मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । वैदेशिक क्षेत्रको अधुरो काम पनि अघि बढ्नेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आज सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । विद्या र बुद्धिको पनि विकास हुनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)

आज दैनिक कार्यमा प्रगति हुनेछ । अरुलाई प्रभावित पारेर काम बन्नेछ । नसोचेको ठाउँबाट धनागमको हुनेछ । सफल यात्राको योग पनि छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । परिवारमा सुख सन्तोष छाउला । नयाँ कामको थालनी हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)

मनमा निराशा र शरीरमा आलस्य आउला । मनमा अविश्वास उत्पन्न हुनेछ । प्रेममा मनमुटाव आउला । यात्रामा मालसामान हराउन सक्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन शुभ रहोस् । – ज्यो.प. नारायणप्रसाद दुलाल