भक्तपुरमा ७ वर्षीया बालिका बलात्कृत

0
Shares

काठमाडौं।

भक्तपुरमा एक जना ७ वर्षीया बालिका बलात्कृत भएकी छिन्। उनलाई बलात्कार गरेको अभियोगमा दोलखा बैतेश्वर गाउँपालिका-१ घर भई भक्तपुर दुवाकोट बस्ने ३० वर्षीय राम चन्द्र दाहाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिकालाई दाहालले मादक पदार्थ सेवन गरी जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी प्रभाग दुवाकोटबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।