भारतीय मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु

0
Shares

धादिङ।

भारतीय मोटरसाइकलको ठक्करबाट एक जना वृद्धको मृत्यु भएको छ। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर एमएच–१–सिडब्लु ५९७१ को मोटरसाइकलले धादिङको गजुरी बजारमा ठक्कर दिँदा उनको मृत्यु भएको हो ।

मृत्यु हुनेमा गजुरी गाउँपालिका वडा नम्बर १ नयाँबारीका ७९ वर्षीय सुरबहादुर धिताल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राकेश सिंहले जानकारी दिए ।

पैदलयात्रीलाई ठक्कर दिएर अनियन्त्रीत भएको मोटरसाइकल सडक किनारमा पल्टेको थियो । मोटरसाइकलमा सवार भारतीय युट्युबर प्रभाज्वत सिंह घाइते भएका छन् । घाइतेको गजुरीमा साधारण उपचारपछि थप उपचारका लागि काठमाडौं धापासी स्थित ग्राण्डी अस्पतलामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।

दुर्घटनामा पैदल यात्रीको मृत्यु भएको बारे प्रहरीले जट्ट प्रभाज्वतलाई सवारी ज्यान मुद्दा चलाउने भएको छ । उपचार सकिएपछि उनीविरुद्ध सवारी ज्यान मुद्दामा अनुसन्धान गरिने जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता (डिएसपी) श्याम खत्रीले जानकारी दिनुभयो ।