रेडियो जागरणका समाचार प्रमुख मास्केको मृत्यु

0
Shares

बुटवल।

रेडियो जागरणका समाचार प्रमुख एवम बुटवलका निश्कलंक र स्वच्छ छविका पत्रकार टेक मास्की रानाको उपचारको क्रममा मृत्यु भएको छ ।
दुइहप्ता अघि डेंगु संक्रमण भई लुम्बिनी प्रादेशिक अस्पतालको आईसीयूमा उपचाररत रानाको आज बिहान मृत्यु भएको पत्रकार महासंघ रुपन्देहीका अध्यक्ष रामराज पोखरेलले जानकारी दिनु भयो । रानालाई डेंगुसंगै मिर्गौला र जण्डिसको पनि समस्या देखिएको थियो ।

राना नेपाल पत्रकार महासंघ रूपन्देहीका पूर्व कार्यसमिति सदस्य, पत्रकार महासंघ लुम्बिनी प्रदेश कमिटी सदस्य, आदिवासी जनजाति पत्रकार महासंघ फोनिज रुपन्देहीको सचिव र उपाध्यक्ष रहेर काम गरेका थिए । स्वर्गीय रानाले दुई दशक लामो पत्रकारितामामा रहेर काम गदै आउनु भएको थियो । केही वर्ष अघि श्रीमती गुमाएका रानाका दुई छोरी र एक छोरा छन् ।

घरको आर्थिक अवस्था कमजोर भएका रानाको मृत्युसंगै तीनजना छोराछोरीको पालनपोषण र शिक्षा दिक्षामा चुनौती थपिएको बताईएको छ ।