जेसिवीको ठक्करबाट एक जनाको मृत्यु

0
Shares

दैलेख।

दैलेखमा जेसिविको ठक्करबाट एक जनाको मृत्यु भएको छ । दैलेखको भैरवि गाउँपालिकाको जेसिविले स्थानीय डाँडिमाडी बजारमा भैरवि गाउँपालिका ३ का धनि मिँयालाई ठक्कर दिदाँ निजको घटनास्थलमै मृत्यु भएको छ । घटनाको विरोधमा स्थानीयहरुले नाराबाजी गर्दै जेसिवि चालकलाई कार्वाही हुनुपर्ने र मृतकको परिवारलाई उचित क्षतिपुर्तिको माग गरेका थिए ।

घटनास्थलमा पुगेका प्रहरी , गाउँपालिकाका जनप्रतिनिधिहरु र स्थानीयबासी तथा मृतकका घरपरिवारको आपसी समझदारिमा मृतकको शवलाई पोष्ट मार्टमको लागी जिल्ला अस्पताल दैलेख लगिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

उक्त जेसिवि र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायव उपरिक्षक भुनवेश्वर प्रसाद शाहले जानकारी दिनुभयो ।