स्रोत नखुलेको ३८ लाख रकमसहित युवक पक्राउ

0
Shares

धनुषा।

धनुषाको जनकपुर उपमहानगरपालिका–२१ कुर्थाबाट प्रहरीले स्रोत नखुलेको ३८ लाख ५० हजार रुपियाँसहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको भंगाहा नगरपालिका–१ घर भएका २१ वर्षीय सुवमराज चौवे छन् ।

भारतबाट अवैध रूपमा रकम नेपालतर्फ ल्याउँदै गरेको भन्ने सूचनानाका आधारमा जिल्ला प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरीको टोलीले उनलाई आइतबार पक्राउ गरेको हो।

उनको साथबाट प्रहरीले १ हजार दरको २९ बन्डल र ५ सय दरको १९ बन्डल गरेर ३८ लाख ५० हजार रुपियाँ बरामद गरेको छ । आरोपीलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जनकपुर भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जानेको छ ।