पटका बरामद

0
Shares

नवलपरासी।

गस्तीमा रहेकाे प्रहरीले पूर्वी नवलपरासीकाे गैडाकाेट १३ बेल्डिहाबाट केही परिमाणमा बिष्फाेटक बस्तु पटका बरामद गरेकाे छ ।

प्रहरीका अनुसार ईप्रका गैडाकाेटबाट प्रसनी सुजन अधिकारीकाे कमाण्डमा माेटरसाईकल सवार गस्ती टाेलीले पटका बरामद गरेकाे हाे ।

बरामद पटकामा रकेट १० थान,चक्र थान ५, छुरछुरी ८,झिरझिरी १० र नागिन १ सय २९ थान रहेकाे प्रहरीले जनाएकाे छ ।