युवालाई स्वदेशमै टिकाउँछु, नेपालको सम्पदा विश्वभर चिनाउँछु

ललितपुर–३ का युवा उम्मेदवार अमृत खड्काको घोषणा

0
Shares

ललितपुर । 

नेपाल कम्युनिस्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार अमृत खड्काले आफू सांसद पदमा निर्वाचित भए मुलुकको वनक्षेत्रबाट रोजगारी सिर्जना गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

युवाहरूलाई वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यता अन्त्य हुने उल्लेख गर्दै उहाँले आफ्नो योजना महत्वपूर्ण रहेको सुनाउनुभयो । यहाँका वनमा विभिन्न जडीबुटी उत्पादन गर्ने काम युवालाई दिनसके सोबाट ठूलो रकम प्राप्त गर्न सकिने खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो– मुलुकको कुल वनक्षेत्रमा रिठ्ठा, वनमारा, तेजपत्ता, रक्तचन्दन, अल्लो, लोक्ताजस्ता वस्तु उत्पादन गरी विभिन्न सामग्री निर्माण गर्न सकिन्छ । सो जडिबुटीबाट निर्मित सामग्रीका लागि युवालाई परिचालन गरी मुलुकमै रहन पाउने वातावरण तयार गर्ने बताउनुभयो । भन्नुभयो– ‘मेरो मुख्य उद्देश्य लाखौंको संख्यामा रहेका युवालाई नेपालमै रोजगारी दिने हो । विदेशीका लागि समाग्री उत्पादन गरी स्वदेशमै बस्ने वातावरण तयार गर्ने हो ।

युवामाझ परिचित खड्काले मुलुकमा लोपोन्मुख भएका जडिबुटीलाई खेतीमा रूपान्तर गर्न सके सोको संरक्षणसँगै कयौं युवाले वैदेशिक रोजगारीमा जानुनपर्ने समस्याको पनि हल हुने दाबी गर्नुभयो । नेपालमै रहेर उत्पादनशील हुन पाउनु हरेक युवाको राष्ट्रनिर्माण तर्फको दायित्वसमेत बढ्न पाउने खड्काको भनाइ छ । उहाँले भन्नुभयो– ‘नेपालमा उत्पादन हुने जडबुटी विश्वबजारमा प्रख्यात छ, त्यसलाई उत्पादन र प्रशोधन गरी विश्वबजारमा पु¥याउन सके युवाले नै मुलुकको काँचुली फेर्न सक्नेछन् ।

आफू एक व्यवसायी रहेको र आफूले जानेको सिप तथा ज्ञानलाई इच्छुक युवामा छरी सोबाट आर्थिक उत्थानमा ठूलो भूमिका अघि बढाउने लक्ष्य रहेको खड्काले जिकिर गर्नुभयो । खड्का हाल नेपाल निर्यात व्यवसायी महासंघका महासचिव सँगसँगै नेकपा एमाले वागमती प्रदेश कमिटी सदस्य हुनुहुन्छ ।

उहाँले हजारौं वर्ष पुरानो नेवारी संस्कृति, बाजागाजा, काष्ठ र प्रस्तर र धातुकला, खोकनाको तेल, हरिसिद्धी, सिकाली, कात्तिकनाच, वुंगमतीको हयग्रिव भैरवजात्रा, वाणेगाउँको जात्रा, ठेचोको नवदुर्गा, मच्छिन्द्रनाथको रथयात्रालगायत मुख्य जात्रा र पर्वलाई विश्वसामु चिनाउने आफ्नो मुख्य उद्देश्य रहेको बताउनुभयो ।आफ्नो योजना सुनाउँदै भन्नुभयो – ‘नेपालको हजारौं वर्ष पुरानो अमूर्त संस्कृतिलाई विश्वभर फैलाउनेछु, ललितपुरको समृद्धिलाई माथि उठाउन र यहाँका वासिन्दालाई स्वरोजगार बनाउन विशेष ध्यान दिनेछु ।

भूकम्पबाट ध्वस्त रातो मच्छिन्द्रनाथको मन्दिर पुनःनिर्माण कार्यलाई तीव्रता दिने, खोकना र वुंगमती क्षेत्रलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न पहल गर्ने, ललितपुरका ऐतिहासिक, धार्मिक र सांस्कृतिक पोखरी र ढुंगेधाराको संरक्षण गर्ने, पोखरीलाई पुरानै स्वरूपमा ल्याउन बृहत् योजना तयार गर्ने, आफ्नो क्षेत्रमा रहेका सामुदायिक विद्यालयलाई सूचना प्रविधियुक्त सुविधा सम्पन्न विद्यालय बनाउने, बौद्ध विहार र गुम्बाको संरक्षण र प्रवद्र्धन गर्ने, नेवारी भाषा संरक्षण गर्ने, बाजा संरक्षण, गुठीको संरक्षण गर्ने लगायतका योजना रहेको बताउनुभयो ।

२०७५ सालमा नेपाल उनी फेल्ट उत्पादक तथा निर्यात संघका अध्यक्ष एवं नेपाल हस्तकला महासंघका उपाध्यक्ष हुँदै नेपालको उत्पादन सामथ्र्य र निर्यात क्षेत्रका विज्ञ रहेका युवा उद्यमी खड्काको युख्य एजेन्डा युवा स्वरोजगार र समृद्ध ललितपुर सुखी ललितपुरवासी रहेको छ ।

नेपालको उत्पादन वृद्धि रोजगारी वृद्धि र निर्यात वृद्धिको विषयमा अनुसन्धानात्मक लेख रचनाहरू प्रकाशित गरिरहने खड्काले सन् २०१३ मा उल ड्रायर ब्यागको विकास गरी युरोप अमेरिकामा प्रख्यात बनाउनुभएको थियो । कल्पना क्राप्ट स्थापना गरी विश्वबजारमा प्रसिद्धि कमाइस्क्नुभएका खड्का २०५४ सालमा सैंबु गाउँ विकास समिति अध्यक्ष भइसक्नुभएको छ । सोसँगै खड्का गाउँ विकास समिति राष्ट्रिय महासंघ ललितपुरका सचिव हुनुहन्थ्यो ।