मानव अधिकार उल्लंघनमा कारबाही गर्न उदासिन

0
Shares

काभ्रे । राष्ट्रिय मानव अधिकार आयोगले मानव अधिकार र पत्रकारिता विषयक तीन दिने गोष्ठी काभ्रेको धुलिखेलमा सम्पन्न गरेको छ । गोष्ठीमा मानव अधिकार क्षेत्रमा कलम चलाउने उपत्यकामा कार्यरत पत्रकारहरुको सहभागिता रहेको थियो । मानव अधिकार उल्लंघनका घटना सकारले कार्यान्वयन नगरेको सहभागिहरुले बताए ।

‘शशस्त्र द्वन्द्वका घटनाको छानविन तथा शान्ति प्रकृया अझै टुङ्गोमा पुग्न सकेको छैन’–राष्ट्रिय मानव अधिकार आयोगका का.वा अध्यक्ष डा. सुर्य ढुुंङ्गेलले भन्नुभयो–‘राज्य, समुदाय र नागरिक समाज तथा अन्तराष्ट्रिय समुदाय प्रतिको दायित्व पुरा गर्नु पर्छ ।’ समाजका खराव तथा अन्यायमा परेकाहरुको आवाज बोल्ने, सत्य र तथ्य सूचना पस्कने दायित्वबाट संचारमाध्यम र संचारकर्मी चुक्नु नहुने बताउँदै ढुङ्गेलले द्वन्द्वका घटनाको सत्य तथ्य छानविन गर्नु पर्ने बताउनु भयो ।

मानव अधिकार आयोगका सदस्य मनोज दुवाडीले सहि सूचना सँगै अभिब्यक्ति स्वतन्त्रताका लागि आयोगले कार्य गरिरहेको बताउनु भयो । मानव अधिकार आयोगले सरकारलाई गरेका सिफारिसहरु कार्यान्वयनका लागि संचारमाध्यमको खवरदारी र दबाब आवश्यक भएको बताउँदै मानव अधिकार आयोगका सदस्य दवाडीले नागरिकहरुका अधिकारलाई संचारमाध्यमको चासो र चिन्ता भईरहनु पर्ने बताउनु भयो ।

कार्यक्रममा युयनडिपीका पोटफुलियो म्यानेन्जर टेक टमाटाले मानवअधिकार कार्यान्वयनका आधारमा सरकार नागरिक प्रति जिम्मेवार छ भन्ने देखाउने बताउनु भयो । राज्यले नागरिकहरुलाई गरिने ब्यवहार र नागरिक प्रतिको उत्तरदायित्वका बारेमा सरकार जिम्मेवार हुनु पर्ने उहाँले बताउनु भयो । आयोगका कामु सचिव मुरारीप्रसाद खरेलले पत्रकारिताको माध्यमबाट मानवअधिकारका विषयलाई उजागार गर्नु पर्ने बताउनु भयो ।

आयोगले सिफारिस गरेका मध्ये सरकारले १५ प्रतिशत पूर्ण, ३८ प्रतिशत आंशिक र अन्य कार्यान्वयनमा रहेको कामु सचिव मुरारीप्रसाद खरेलले बताउनु भयो । मानव अधिकार उल्लंघनका घटनामा सरकारले कार्यान्वयन गर्न आलटाल गरेको उहाँले बताउनु भयो । सरकारका नीति, कानुन कार्यान्वयन तथा सरोकारवाला निकायललाई जिम्मेवार बनाउन, मानवअधिकारका सवाल नागरिकसम्म पु¥याउन र नागरिकका सवाललाई कसरी मानवअधिकार मैत्री बनाउन गोष्ठी महत्वपूर्ण हुने उहाँले बताउनु भयो ।

गोष्ठीमा आयोगका कामु सचिव मुरारीप्रसाद खरेल, सह सचिव डा. टिकाराम पोखरेल, दिपक कार्की, प्रशासन विज्ञ काशिराज दाहाल, पत्रकार बविता बस्नेत, आयोगका अधिकृतहरु दुर्गा पोखरेल, कैलाश कुमार शिवाकोटी लगायतले मानव अधिकार र संचार माध्यम र संचारकर्मीको भूमिकाका बारेमा जानकारी गराएका थिए ।