२० किलो चाँदीका गहनासहित पक्राउ

0
Shares

हेटौंंडा ।

करिब २0 किलो अवैध चाँदीका गरगहनासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो (शनिबार) दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा पर्सा वीरगञ्ज महानगरपालिका–१६ बस्ने ४४ वर्षीय लालबाबु साह रहेको प्रहरी जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय तथा मातहत इलाका प्रहरी कार्यालय पशुपतिनगर मकवानपुरबाट खटिएको प्रहरी टोलीले हेटौंडा उपमहानगरपालिका–१४ बाट हेटौंडातर्फ आउँंदै गरेको मोटरसाइकलबाट चाँदीका गहना बरामद गरेको हो ।

प्रदेश २–०३–०१८ प ८२४८ नम्बर मोटरसाइकल चेक गर्दा मोटरसाइकल चालकसहित प्रहरीले पक्राउ गरेको छ । उनले बोकेको झोलाभित्र लुकाएर ल्याएको १९ किलो आठ सय ४५ ग्राम अवैध चाँदीबाट बनेको तयारी गरगहना फेला परेको थियो ।

उक्त अवैध चाँदीका गरगहना र मोटरसाइकलसहित साहलाई नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय, पथलैया, बारामा पठाइएको छ । यस घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।