अन्डरग्राउन्ड पार्किङ तिहारसम्म नहटाए महानगरले आफैँ हटाउने

0
Shares

कास्की।

पोखरा महानगरपालिकाले व्यवसायी प्रायोजनका लागि प्रयोग गरिएको अन्डरग्राउन्ड पार्किङ तिहारभित्र नहटाए आफैँ हटाउने भएको छ । महानगरले पटक पटक गरि अन्डरग्राउन्डबाट व्यवसायी हटाउन पत्रचार गरेको ४५ दिन पुगेपछि तिहारभित्र हटाउन अन्तिम चेतावनी दिएको छ ।

शुक्रबार पोखरा महानगरपालिकाको प्राविधिक सहितको टोलीले सूचना अनुसार काम भयो की भएन भनी निरिक्षण गर्दै व्यवसायी तथा घर धनीलाई अन्तिम चेतावनी दिएको हो ।

नगर प्रहरी असई पुरुषोत्तम थापाले तिहारसम्ममा नहटाए महानगरआफैले हटाउने बताए । उनले आफूहरुले पहिला सात दिने र पछि ३५ दिने सूचना दिएपनि बीचमा वडा दशैं परेकाले व्यवसायीलाई केही समय दिएको सुनाए । उनले हटाउन निर्देशन दिएको ४५ दिन पुगेपनि नेपालीहरुको महान पर्व दशैं र तिहारलाई हेर्दै तिहारपछि हटाउने निर्णय भएको बताए । ‘निरीक्षणको क्रममा व्यवसायीले हटाउनका लागि व्यवस्थापन गरेको पनि पायौँ । हामीले अहिले ताकेता गर्नुको कारण भनेकै छिटो हट्छकी भन्ने नै हो ।’ उनले भने,‘आज हामी निरिक्षणका साथै चेतावनी समेत दिन आएका हौँ । यदि कसैले अटेरी गर्छ भने हामीले तिहारपछि एक दिन पनि कुर्नेवाला छैनौँ ।’

महानगरले सांकेतिक रुपमा शुक्रबार ४२ वटा व्यवसायीक भवनमा निरीक्षणका साथै चेतावनी दिएको छ । ‘अहिले सांकेतिक रुपमा आएका छौँ । तिहारपछि एक्सनमा जाने हो । जसले हटाउनुभयो भयो, नहटाएमा हामी हटाउने छौँ । हटाउँटा लागेको क्षतिपुर्ति घरधनीले नै व्यहोर्ने हो’ उनले थपेँ,‘हामीले आजपनि भनेका छौँ यदि तिहार अघि हटेन भने त्यसपछि सामानलाई पुगेको क्षति महानगरले व्यहोर्ने छैन् र यसरी हटाउँदा तपाईँहरुले महानगरलाई चार्ज पनि दिनुपर्ने हुन्छ । यहाँ डोजर लाग्छ, जनशक्ति लाग्छ त्यसको खर्च उहाँहरुले नै तिर्ने हो ।’

महानगरभित्र करिब २ सय ५० हारहारीमा अन्डरग्राउन्ड सहितको भवन रहेपनि करिब ४०देखी ५० भवनले भने पार्किङको प्रायोजन गर्ने भन्दै महानगरको सेवा लिएर भवन बनाएपछि त्यहाँ व्यवसायी सञ्चालन गर्दै आइरहेको छ ।

पोखरा महानगरपालिकाका इन्जिनियर सुदिप दवाडीले महानगरमा अन्डरगा्रउन्ड पार्किङ रहेको भवनको गलत प्रयोग भएको भेटिएको बताए । उनले जे प्रायोजनका लागि बनाइएको हो त्यो नभेटिएको सुनाए । उनले महानगरको नियम अनुसार अन्डरग्राउन्ड पार्किङका लागि मात्रै रहेको बताए ।

महानगरले शुक्रबार पोखरा न्युरोड, महेन्द्रपुल,चिप्लेढु®ा, नयाँबजार, सृर्जनाचोक लगायतको क्षेत्रमा निरीक्षणसहित चेतावनी दिएको छ ।
काठमाडौं सुपर टप टेलर संचालन गर्दै आएकी शुकमायाले महानगरले राम्रो काम गरेको र यसमा सबैको सहयोग रहने बताइन् । उनले घरधनीले अन्डरग्राउन्डलाई व्यवसाय प्रायोजन बनाएपछि आफूहरुले व्यवसाय संचालन गरेको सुनाइन् । उनले आफूहरु त्यहाँबाट सर्ने तयारी गरिसकेको समेत बताइन् ।