नवौं राष्ट्रिय खेलकुदः १ हजार ३ सय ६ पदक

0
Shares

पोखरा ।

आज देखी औपचारिक उदघाटन हुने नवौं राष्ट्रिय खेलकुदमा कुल १ हजार ३ सय ८६ पदकका लागि प्रतिस्पर्धा हुने भएको छ । ३ सय ९३ स्वर्ण तथा त्यतिकै संख्याको रजत पदक वितरण हुने सो प्रतियोगितामा ६ सय काँस्य पदक वितरण हुदैँछ । पहिलो पटक रग्वीलाई नयाँ खेलको रुपमा समावेश गरिएको नवौं राष्ट्रिय खेलकुदमा ३६ वटा खेल समावेश हुनेछन ।

लम्जुङ, मनाङ र मुस्ताङबाहेक गण्डकी प्रदेशका सवै जिल्लामा आयोजना हुने सो प्रतियोगितामा ६ हजार १ सय २ खेलाडीले सहभागिता जनाउँदै छन् । सो कार्यक्रमको उदघाटन उपराष्ट्रति नन्दकिशोर पुनले भब्य समारोहका बिचमा आज गर्दैछन ।

यसअघि आठौं राष्ट्रिय खेलकुद नेपालगञ्जमा भएको थियो । कोरोना महामारीको कारण देखाउँदै २०७७ सालमा आयोजना हुने पर्ने नवौं खेलकुद तीन बर्ष पछि पोखरामा हुन लागेको हो ।