प्रभु साहलाई सत्ता गठबन्धनको समर्थन

0
Shares

काठमाडौं । 

नेकपा एमालेबाट विद्रोह गरेर स्वतन्त्र उम्मेदवार बनेका प्रभु साहलाई सत्ता गठबन्धनले समर्थन गर्ने भएको छ । सत्ता गठबन्धनले रौतहट–३ मा साहलाई समर्थन गर्ने निर्णय गरेको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिनुभयो ।

उक्त क्षेत्रमा माओवादी केन्द्रका तर्फबाट रवीन्द्र पटेल उम्मेदवार हुनुहुन्छ । पटेलको उम्मेदवारी निष्क्रिय गर्ने तयारी भइरहेको पुनले बताउनुभयो । मनोनयनको दिनसम्म एमालेमै रहेका साहले अन्तिम समयमा स्वतन्त्र उम्मेदवारी दिएका दिनुभएको थियो । उहाँ पक्षीय अन्य केही नेताले समेत एमाले छाडेर स्वतन्त्र उम्मेदवारी दिएका छन् ।