इंग्ल्यान्डले जित्यो टी–२० सिरिज

0
Shares

लन्डन, (एजेन्सी) । 

डेविड मालान र साम करान चम्केपछि इंग्ल्यान्डले विश्व विजेता अस्टे«लियाविरुद्धको तीन खेलको टी–२० सिरिज जितेको छ ।बुधबार क्याबेरामा भएको सिरिजको दोस्रो खेलमा इंग्ल्यान्डले अस्टे«लियालाई ८ रनले हराएको हो । योसँगै इंग्ल्यान्डले २–० को अग्रता लिएर सिरिज जितेको हो । मालानले ५४ बलमा ८२ रन जोडेर टोलीलाई उकासेका हुन् ।

जबकी टोलीले ५४ रनको क्षतिमा ४ विकेट गुमाइसकेको अवस्था थियो ।मालानलाई अर्को इन्डबाट मोईन अलीले राम्रो सहयोग गरेका थिए । अलीले ४४ रनको इनिङ खेलेका थिए । मालान र अलीले पाँचौं विकेटका लागि ९२ रन जोडेका थिए । योसँगै इंग्ल्यान्डले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७८ रनको योगफल बनाएको थियो ।

बलिङमा करानले १८ औं ओभरमा टिम डेभिडको विकेट लिएपछि इंग्ल्यान्ड जिततिर अग्रसर भएको थियो । डेभिडले ४० रन बनाएका थिए । करानले योसमेत गरी ३ विकेट लिन सफल भए । उनले यसअघि ४५ रन बनाएर जमिरहेका मिचेल मार्सको क्याच लिएका थिए । यसले पनि अस्टे«लियाको इनिङ ६ विकेटको क्षतिमा १ सय ७० रनमै खुम्च्याएको थियो ।

पेट कमिन्स, मिचेल स्टार्क, एडाम जम्पा र जोस हेजलवुड जस्ता बलरको उपस्थित भएपनि अस्टे«लियाले हार्नु परेको छ । अर्को यो टोलीमा खतरनाक अलराउन्डर ग्लेन म्याक्सवेल पनि फर्केका थिए । उता इंग्ल्यान्डका अलराउन्डर बेन स्टोक्स पनि ब्याटिङमा संघर्षरत भएका थिए । क्रिस जोर्डन र आदिल राशिदको बलिङ पनि खराब भएको थियो ।

टी–२० क्रिकेट विश्वकप अस्टे«लियामै हुने भएपनि घरेलु टोलीले सानदार खेल देखाउन सकेको छैन । इंग्ल्यान्डविरुद्धको तेस्रो तथा अन्तिम खेल शुक्रबार क्यानबेरामै हुनेछ । इंग्ल्यान्डले सोमबार अभ्यास खेल पाकिस्तानसँग खेल्नेछ ।