मेहर क्रिकेटबाट १४ वर्ष प्रतिबन्ध

0
Shares

नयाँ दिल्ली, (एजेन्सी) ।

यूएईका क्रिकेटर मेहर छायाकरलाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) ले १४ वर्ष लामो प्रतिबन्ध लगाएको छ । भारतीय मूलका मेहरलाई क्रिकेटको कुनै पनि प्रतियोगिता खेल्न नपाउने तथा क्रिकेटका कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरि प्रतिबन्ध लगाएको हो ।

उनलाई २०१९ मा जिम्बावेमा भएको एकदिवसीय क्रिकेटमा तथा त्यही वर्ष क्यानडामा भएको ग्लोबल टी–२० फ्रेञ्चाइजमा समेत खेल मिलेमतो गरेकोमा दोषी पाइएको आईसीसीले जनायो । उनलाई त्यसअघि पनि आईसीसीले २०१८ मा युएईको आज्मानमा भएको क्रिकेट प्रतियोगितामा अनैतिक काम गरेको ठहर गरिएको थियो ।

भारतमा जन्मिई युएईमा हुर्किएका छायाकरले खेलकुदका भ्रष्टाचार विरोधी संस्थासँग समन्वय गर्नसमेत मानेका थिएनन् । छायाकरसँगै २०१९ मा यूएईका अन्य चार खेलाडीलाई पनि सरकारको भ्रष्टाचार विरोधी संस्थाको विरुद्धमा काम गरेको आरोप लागेको थियो ।
उक्त कार्यपश्चात् २०२१ को मार्चमा युएईका पूर्व कप्तान मोहम्मद नाविद र ब्याटर साइमन अनवरलाई आठ वर्ष लामो प्रतिबन्ध लागेको थियो । त्यस्तै, कादिर अहमद पाँच वर्षको लागि तथा विकेटकिपर ब्याटर गुलम सबिर २०२१ को सेप्टेम्बरमा चार वर्षको लागि प्रतिबन्धमा परेका हुन् ।