फेन्सिङमा बागमतीलाई दुई स्वर्ण

0
Shares

बागमती प्रदेशले नवौं राष्ट्रिय खेलकुदमा आत तेश्रो दिन दुई स्वर्ण हात पारेको छ । योसहित बागमतीको ४ स्वर्णसहित पदक तालिकामा अग्रस्थानमा रहेको छ ।

बुधबार पुरुष टिम फ्वईलतर्फ बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण संख्यालाई तीनमा पु¥याएको हो । सुदूरपश्चिम र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

यस्तै, आजै सम्पन्न महिलाको सेवर टिम इभेन्टस्मा पनि बागमतीले स्वर्ण हात पार्दै स्वर्ण संख्यालाई ४ पु¥याउँदै पदक तालिकामा आफूलाई अग्रस्थानमा पु-याउन सफल भएको हो । बागमतीले सेनालाई ४५–३५ अंकले पराजित गर्दै स्वर्ण कब्जा गरेको हो । एपीएफ र प्रदेश १ ले कास्य पदक प्राप्त गरे ।

पोखरा रङ्गशालास्थित ब्याडमिन्टन कभर्डहलमा भएको प्रतियोगिताको महिला ईपीतर्फको प्रतिस्पर्धामा सेनाले विजयी हुँदै स्वर्ण हात पारे । सेनाले एपीएफलाई ४५–४० ले पराजित गरेको हो । तेश्रो स्थानमा प्रदेश १ र सुदूरपश्चिम रह्यो ।