लोसपा सत्ता गठबन्धनको साथ खोज्दै बालुवाटार



काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का केही नेता सत्ता गठबन्धनको साथ खोज्दै बालुवाटार पुगेका छन् । लोसपाका नेताहरू शरतसिंह भण्डारी, अनील झा र जितेन्द्र सोनाल बालुवाटार पुगेको स्रोतले बतायो ।

जनता समाजवादी पार्टी (जसपा)का नेताहरू सत्ता गठबन्धनको बैठकमा उपस्थित भएका छैनन् । जसपा नेताहरु नेकपा (एमाले)सँग चुनावी तालमेलका लागि जुटेका छन् भने लोसपाको गठबन्धनमा इन्ट्री हुने सम्भावना बढेको छ ।

प्रतिक्रिया दिनुहोस्