एमाले पूर्वसांसद गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिने

0
Shares

दाङ । पूर्वसांसद गंगा चौधरीले एमाले पार्टी परित्याग गरी स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छन् । चौधरीले दाङ निर्वाचन क्षेत्र नम्बर-१ बाट स्वतन्त्र उम्मेदवारी दिनृ घोषणा गरेकी हुन् ।

एमालेले दाङ-१ बाट शान्ता चौधरीलाई उम्मेदवार बनाउने भएपछि गंगा चौधरीले असन्तुष्टि जनाउँदै स्वतन्त्र उम्मेदवार बन्ने घोषणा गरेकी हुन् ।

दाङ-१ बाट आफ्नो नाम पार्टीले सिफारिस गरे पनि अर्को निर्वाचन क्षेत्रकी शान्तालाई ल्याएकाले भन्दै स्वतन्त्र उम्मेदवार बन्न लागेको गंगाले बताइन् ।

असोज २३ मा उम्मेदवारी दर्ता गरेर पार्टीबाट राजीनामा दिने गंगा चौधरीले बताएक िछन् ।