दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, एक बेपत्ता

0
Shares

दाङ । दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ ।

मामाघरमा रहेका छोराछोरीलाई लिन जाने क्रममा खैरेनी खोलाले बगाउँदा तुलसीपुर उपमहानगरपालिका १५ निवासी ४८ वर्षीय मदन डाँगीको मृत्युु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

हिजो खोलाले बगाउँदा बेपत्ता भएका डाँगीको शव आज बिहान घटनास्थलदेखि ३५ मिटर पर फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यसैगरी गुर्जे खोलाले बगाउँदा बेपत्ता भएका कल्लु चौधरीको खोजी जारी रहेको प्रहरीले जनाएको छ । घोराही उपमहानगरपालिका १० निवासी ५५ बर्षिय कल्लु चौधरी गुर्जे खोला तर्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख बिरबहादुर ओलीले जानकारी दिए ।

हिजो दिउँसो करिब १२ बजे खोलाले बगाउदा बेपत्ता भएका चौधरीको खोजी कार्य जारी छ ।