कारको ठक्करबाट अनेरास्ववियुकी सहसचिव चौधरीको मृत्यु

0
Shares

बुटवल । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) जिल्ला कमिटी रुपन्देहीकी सहसचिव झरना चौधरीको कारको ठक्करबाट मृत्यु भएको छ । हिजो (बुधबार) साँझ जिल्लाको धकधइमा कारले ठक्कर दिँदा चौधरीको मृत्यु भएको हो ।

लु ४१ प ९८७ नम्बरको स्कूटीमा सवार उनलाई लु १ ज २८५३ नम्बरको कारले ठक्कर दिँदा गम्भीर घाइते भएकी थिइन् । घाइते चौधरीलाई उपचारका लागि भीम अस्पताल पुर्याइएको थियो । अस्पताल पुर्याए लगत्तै उनलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक श्याम अर्यालले जानकारी दिए ।

तिलोत्तमा–३ सिर्जनानगर स्थायी घर भएकी उनी लुम्बिनी बौद्ध विश्वविद्यालयमा स्नातक तहमा अध्ययनरत थिइन् ।