नेपाल आउँदै सन्दीप लामिछाने, १० बजे आत्मसमर्पण गर्ने

0
Shares

काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने नेपाल आउँदै छन् । उनले यसअघि सामाजिक सञ्जालमार्फत नेपाल फर्किएर आफूमाथि लागेको आरोपविरुद्ध लड्ने जानकारी दिएका थिए ।

‘ठूलो आशा र शक्तिका साथ, म यही अक्टोबर ६ मा नेपाल पुग्नेछु र झूटा आरोप विरुद्ध कानुनी लडाईँ लड्छु’, उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘म निर्दोष छु र न्याय प्रणालीमा मेरो पूर्ण विश्वास रहेको दोहोर्‍याउँछु ।’

उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् । उनले आफूविरुद्ध लागेका सबै आरोप उजागर नहुने पनि विश्वास गरेका छन् ।

एक नाबालिग किशोरीले आफूमाथि बलात्कार गरेको भन्दै सन्दीप विरुद्ध उजुरी दिएकी थिइन् । आरोप लागेपछि लामिछाने नेपाल फर्किन ढिलाइ हुँदै आएको थियो ।

उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका छन् ।