छायाँनाथ मन्दिरमा ५२ हाते लिंगो फेरियो

0
Shares

मुगु।

कर्णालीको प्रसिद्ध छायाँनाथ मन्दिरमा ५२ हाते लिंगो फेरिएको छ । लिंगो फेरिएसँगै यहाँ दसैं सुरू भएको छ। सुरक्षाकर्मी र गाउँलेले बाजागाजासहित घटस्थापनाको दिन रारा वन क्षेत्रबाट सल्लोको लिंगो ल्याएर फेरेका हुन् ।

छायाँनाथ रारा नगरपालिका–२ चैत गाउँमा रहेको छायाँनाथ मन्दिरमा घटस्थापना दिन ५२ हाते लिंगो फेर्ने चलन रहेको मन्दिरका पुजारी असुनीकुमार हमालले बताए । मन्दिरमा लिंगो फेरिएसँगै स्थानीयले घरघरमा जमरा राखेर दसैं सुरु हुने उनको भनाई छ ।

छायाँनाथ मन्दिरमा दसैंभर बिहान–बेलुका पूजाअर्चना गरिन्छ ।
पर्यटकीय प्रवर्द्धनको लागि नगरपालिकाले गत वर्ष पुरानो र जीर्ण बनेको मन्दिर भत्काएर नयाँ मन्दिर निर्माण गरेको छ ।