दसैँको सम्मुखमा दैलेख प्रहरीकोे ठूलो सफलता

0
Shares

दैलेख ।

दसैँको सम्मुखमा आएर दैलेख प्रहरीले ठुलो सफलता हाँसिल गरेको छ । विगत लामो समयदेखि दैलेखमा मोटरसाइकल हराउने क्रम बढेसँगै दैलेख प्रहरीले निगरानी बढाएको थियो । तरपनि कुनै प्रमाण जुटाउन भने सकिरहेको थिएन । दिनप्रतिदिन जिल्ला प्रहरी कार्यालय लगायत मातहतका प्रहरी चौकीहरुमा दैनिक मोटरसाइकल हराएको निवेदन आउन थालेपछि प्रहरी समेत हैरान थियो । तर पछिल्लो समयमा भने दैलेख प्रहरीले नसोचेको सफलता हात पार्यो जसले गर्दा अपराधिक क्रियाकलापमा केही न्युनता आउने देखिएको छ ।

गएको एक हप्ताभित्र दैलेख प्रहरीले मोटरसाइकल चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिएको छ लिएको मात्र छैन हराएका एक दर्जन मोटरसाइकलहरु समेत बरामद गरेको छ । दशैं नजिकिएसँगै दैलेख प्रहरीले विशेष सुराकीको आधारमा चोरीका मोटरसाइकल चोर्ने गिरोहलाई नियन्त्रणमा लिएर उनिहरुले चोरि गरेका विभिन्न मोटरसाइकलहरु समेत बरामद गर्न सफल भएको छ ।

दैलेख प्रहरीले दैलेखको गुराँस गाउँपालिका–१ पातल खोलामा चामुण्डाविन्द्रासैनी नगरपालिका–८ बस्ने रितिक रोशन शाही, दिनेश शाही, विनोद शाही, सोही नगरपालिकाका–४ बस्ने आशिष शाहीलाई मोटरसाईकल चोरी गर्दा गर्दै पक्राउ गर्न सफल भएको छ भने उनीहरुले लु८०प १९३५, लु८०प २०१८, क.प्र.०२००१ प २०९ र भे४प ८५८३ नम्बरको मोटरसाइकल चोरी गरी भागीरहेको अवस्थामा पक्राउ गरेको छ ।

दैलेख प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरुबाट पक्राउ परेका मोटरसाइकल चोरी गरेको पत्ता लागेको थियो । स्थानीयहरुले प्रहरीलाई खबर गरेपछि भाँगेर जाँदै गरेको अवस्थामा उनिहरुलाई दैलेख प्रहरीले पक्राउ गरेको हो ।

चोरि गरेका मोटरसाइकलहरु जिल्लाकै विभिन्न मर्मत सेन्टरमा लुकाइ राखिएको पार्टपुर्जा निकालेर वित्रि गरिरहेको अवस्थामा फेला परेका छन । मोटरसाइकल चोरि गर्दै अटोपार्टसको संलग्नतामा विभिन्न पुर्जाहरु निकालेर रकम असुलि रहेको अवस्थामा अटो पार्टका सञ्चालक र मिस्त्रिलाई समेत मिलेमत्तो सहित मोटरसाइकल चोरेको अभियोगमा अन्य २ जनालाई समेत पक्राउ गरि कार्वाही चलाएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

नियन्त्रणमा लिएका उनीहरुलाई अनुसन्धान गर्दा अछाम जिल्ला पञ्चदेवन विनायक नगरपालिका–४ कालिका सामुदायिक वनको कोजेडाबाट थप एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ । यसरी दैलेख प्रहरीले एक हप्तामा १२ वटा चोरी गरिएका मोटरसाइकल सहित चोरी कार्यमा संलग्न ६ जनालाई पक्राउ गरी अनुसन्धान र कार्वाही गरिरहेको दैलेख प्रहरी प्रमुख एवं प्रनाउ भुवनेश्वर प्रसाद साहले बताउनुभयो ।

चोरीमा संलग्न उनिहरुलाई आज एक पत्रकार सम्मलेन मार्फत सार्वजनिक गरिएको छ भने बरामद गरिएको ति मोटरसाइकलहरु समेत सार्वजनिक गरिएको छ । मोटरसाइकल हराएको निवेदन बमोजिम उनिहरुको प्रमाण अनुसार फेला परेको मोटरसाइकल संबन्धित सवारी धनिलाई जिम्मा लगाइने प्रहरी प्रमुख शाहले बताउनुभयो । उहाँले भन्नुभयो “गिरोहलाई पक्राउ गरे लगतै हामीसँग २० भन्दा बढि मोटरसाइकल हराएको निवेदनहरु आएका छन अझैँ आउने क्रम जारी छ , आशा छ अझैँ धेरै मोटरसाइकल बरामद हुनेछन हामी प्रक्रियामै छौँ ।”

यसरी दैलेख प्रहरीले ठुलो सफलता हासिल गरेको छ तर विभिन्न समयमा दैलेखका दुर्गम क्षेत्रतिर चोरी मोटरसाइकल प्रयोग गर्ने धेरै भएको प्रहरीलाई सूचना आएपनि अँझै चेकजाँचमा कडाई हुन सकेको छैन । १५ हजारमा चोरीका नयाँ मोटरसाइकल ल्याएर पुराना दर्तावाला मोटरसाइकलनमा पार्ट पुर्जा जोडेर चलाउने समेत गरिएको पाइएको छ । दैलेख प्रहरीले अझैँ चेकजाँचमा कडाइ गरोस । शुभकामना ।