सीतारामले ल्याए पहाडको थुम्को

0
Shares

गायक सीताराम पोखरेलले विजया दशमीको अवसर पारेर सोमबार पहाडको थुम्को बोलको गीत म्युजिक भिडियोसहित सार्वजनिक गरेका छन्।रूपक वनवासीको शब्द र राज सागरको संगीत सिर्जना रहेको म्युजिक भिडियो रेस्क्यू क्रियसनको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

मुस्ताङका रमणीय स्थलहरू जोमसोम, मार्फा, उपल्लो मुस्ताङ, छुसाङलगायतका क्षेत्रमा छायांकन गरिएको भिडियोमा गायक पोखरेल अघिल्ला भिडियोमा जस्तै आफैं देखिएका छन्। भिडियोमा गायक पोखरेललाई नायिका तथा मोडल अनु शाहले साथ दिएकी छन्। लामो समयदेखि म्युजिक भिडियो निर्देशनमा सक्रिय निर्देशक समन अधिकारीले निर्देशन गरेको भिडियोमा अनिल कटवालको छायांकन र सम्पादन रहेको छ।