लोकप्रिय गायक रामकृष्ण ढकालले आफ्नो नयाँ गीत सयौं किरण दर्शकमाझ ल्याएका छन्।रामकृष्णको स्वर रहेको गीतमा प्रल्हाद शाहको शब्द तथा हरि लम्सालको संगीत रहेको छ।
रामकृष्ण ढकाल युट्युब च्यानलमार्फत हालै भिडियोसहित सार्वजनिक गरिएको गीत हिमाली भेगका रमणीय दृश्यमा छायांकन गरिएको छ।
भिडियोमा गायक स्वयका साथ अभिनेत्री नम्रता सापकोटाको अभिनय रहेको छ। मुस्ताङका रमणीय दृश्यमा खिचिएको भिडियोमा रामकृष्ण र नम्रताको जोडीलाई रोमान्टिक देखिएको छ।
उत्सव दाहालको छायांकन रहको भिडियोमा सुब्रत आचार्यको निर्देशन, र विकास दाहालको सम्पादन रहेको छ।











प्रतिक्रिया