पर्सामा चट्याङले लागेर एक बालकको मृत्यु, तीन घाइते

0
Shares

पर्सा।

पर्सामा चट्याङले लागेर एक बालकको मृत्युु भएको छ । तीन जना घाइते पनि भएका छन् ।सोमबार बिहान वर्षासँगै खसेको चट्याङले लागेर वीरगन्ज महानगरपलिका वडा नम्बर २ छपकैयाका राम प्रसाद उपाध्यायका छोरा १५ वर्षीय सिद्धान्त उपाध्यायको मृत्यु भएको हो ।

छपकैया ईदगाह चोक स्थित छठ घाट पोखरी नजिकैको चौरमा क्रिकेट खेलिरहेको अवस्थामा चट्याङ खसेको थियो । त्यसक्रममा सिद्धान्त सहित फुलनेसा खातुन र भिखारी राउतको १३ वर्षीय छोरा अर्जुन राउत घाईते भएका थिए ।उनीहरुलाई उद्धार गरेर उपचारका लागि नारायणी अस्पताल पुरयाउदा सिद्धान्तको मृत्यु भईसकेको जानकारी अस्पतालले दिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिनुभयो ।

घाइते मध्ये अर्जुनको अवस्था गम्भिर छ । उनलाई थप उपचारका लागि नेशनल मेडिकल कलेजमा लगिएको छ ।अर्की घाइते फुलनेसाको अवस्था भने सामान्य रहेको र उनको नारायणी अस्पतालमै उपचार भईरहेको छ ।

सोमबार नै बिहान चट्याङले लागेर पर्साको बिन्दवासिनी गाउँपालिका– ४ अमरपट्टी बस्ने २५ वर्षीय कुन्दन दास घाईते भएका छन् । बिहान शौचालय जाने क्रममा उनलाई चट्याङले लागेको थियो । नारायणी अस्पतालमै उपचारत उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।