उद्धवको जन्म दिन आश्रममा

0
Shares

फिल्म व्यवसायी तथा राजनीतिज्ञ उद्धव पौड्यालको जन्मदिन धापाखेल अवस्थित स्नेही काख आश्रममा मनाइएको छ। पौडल पुत्र फिल्म निर्देशक निरक पौडेलको श्रीमती अनिशा पौडेलको साथमा नातिनीहरू आयरा र जोया पौडेलले आश्रममा रहेका स-साना बाल बालिकासँग खुसी साटेर जन्मदिन भावनात्मक सम्बन्ध बढाएका छन्।

सामाजिक कार्यमा सक्रिय रहेका उद्धव पौडेल फाउन्डेसनको आयोजनामा आश्रममा आश्रितलाई मिष्ठान्न भोजन गराइएको थियो।नेपाल स्नेही काखमा रहेका बाल बालिका तथा आमाबुबाहरूसँग जन्मदिनको खुसी साट्न पुगेका पौडेल परिवारले आगामी दिनमा समेत संस्थालाई साथ सहयोग जारी राख्ने जनाएको छ।