रुबी मानार्थ मिसेस नेपाल कल्चरल

0
Shares

राजधानीमा हालै आयोजित मिसेस नेपाल कल्चर २०२२ मा प्रथम मिस नेपाल रुबी राणालाई मानार्थ मिसेस नेपाल कल्चरको उपाधि प्रदान गरिएको छ। प्रतियोगितामा ३७ प्रतियोगीलाई पछि पार्दै युमिन खत्रीले मुख्य उपाधि जितेकी छन्।

प्रतियोगितामा शुभेक्षा ढकाल राणा फष्ट, ज्योती दीक्षित सेकेन्ड, सुस्मिता भण्डारी अधिकारी थर्ड र मञ्जु पाठक फोर्थ रनर्सअप भए।

युहान इन्टरनेसनल इभेन्ट्सद्वारा आयोजित प्रतियोगितामा निशा तिमल्सिना पब्लिक च्वाइस, मञ्जु पाठक भ्युवर्स च्वाइस, नुरा ढुगाना म्यानेजमेन्ट च्वाइस, मनीषा थापा बेस्ट पर्सनालिटी, सुष्मिता भण्डारी बेस्ट ड्रेस, सुजना शाही बेस्ट वाक, गंगा अधिकारी मिसेस फोटोजेनिक, अनिता तण्डुकार मिसेस कन्फिडेन्ट र युमिन खत्री मस्ट इन्टेलिजेन्ट भएका छन्।

प्रतियोगितामा संगीता रौनियार, गजित विष्ट, नानी थापा, प्रशान्त ताम्राकार, लक्ष्मी भण्डारी निर्णायक रहेका थिए भने प्रतियोगिताको कोरियोग्राफी रोजिन शाक्यले गरेका थिए।