नेपाल भाषामा बायोपिक फिल्म

0
Shares

नेपाल भाषामा पहिलो बायोपिक फिल्म इन्दिरा धिमय् मैंचाँ बन्ने भएको छ। फिल्मको हालै भक्तपुरको कमल विनायकमा आयोजित एक समारोहका बीच शुभमूहर्त गरिएको छ। भक्तपुर नगरपालिकाका मेयर सुनील प्रजापति र उपमेयर रजनी जोशीले संयुक्त रूपमा फिल्मको शुभमुहूर्त गरेका छन्।

बिके फिल्मको प्रस्तुतिको रूपमा रहेको फिल्मको छायांकन पनि शुरू भएको छ। नेपालको पहिलो महिला धिमेय् वादक इन्दिरा लाछिमस्यूको जीवनमा आधारित फिल्म सुरेन्द्र तुलाधरको लेखन र निर्देशनमा बन्नेछ भने भने लाछिमस्युको समेत अभिनय रहनेछ।

नील शाक्य र सुरेन्द्र श्रेष्ठको संगीत, जुजुकाजी रंजित र बानिका प्रधानको स्वर, जीवित जल्मी, भूपेन्द्र बज्राचार्य र फिरोज बज्राचार्यको वाद्य संयोजन रहेको फिल्ममा गणेशराम लाक्षी, आशाकाजी थकु, नगिना जोशी, रोजिना सुवाल, रूपेन श्रेष्ठ, देवचन्द्र बज्राचार्य, राम राजा भाम र सिम्रिक श्रेष्ठले अभिनय गर्नेछन्।