कर्तव्य ज्यानसम्बन्धी मुद्दाका फरार प्रतिवादी पक्राउ

0
Shares

बर्दिया।

बर्दियामा कर्तव्य ज्यान सम्बन्धीमुद्दाका फरार प्रतिवादी आइतबार पक्राउ परेका छन्।

पक्राउ पर्नेमा गेरूवा गाउँपालिका-४ जोधिपुर बस्ने ३७ वर्षीय श्याम बिसी भन्ने टिकाराम बुढा क्षेत्री रहेका छन्।

कर्तव्य ज्यान सम्बन्धी कसूर मुद्दामा २०६२ साउन १६ गतेदेखि फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय पाताभारबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।