पियुस र सुनैना टिन वल्र्ड नेपाल

0
Shares

पियुस अग्रवाल र सुनैना क्षेत्रीले राजधानीमा आयोजित मिस्टर एण्ड मिस टिन वल्र्ड नेपाल २०२२ को उपाधि चुमेका छन्। फेलिज इन्टरनेशनलद्वारा आयोजित प्रतियोगीतामा पियुसले पर्सनालिटी र कन्जिन्यालिटी तथा सुनैनाले मिस ट्यालेन्ट र मिस पब्लिक च्वाइसको उपउपाधि पनि जिते। प्रतियोगीतामा सुजल संग्रौला र दीक्षा उपाध्याय फष्ट तथा सुरज रसाइली र बिदिसा श्रेष्ठ सेकेन्ड रनर्सअप भए।

प्रतियोगीताका शिर्ष विजेताले आगामी १० अक्टुबरमा टर्कीको इस्तानबुलमा हुने टप मोडल अफ युनिभर्समा नेपालको प्रतिनिधित्व गर्ने अवसरका अलवा द व्रिटिस कलेजबाट अध्यानका लागि सतप्रतिसत छात्रबृती तथा विभिन्न अवसर प्राप्त गर्ने आयोजकले जनाएका छन्।

त्यस्तै फस्र्ट र सेकेण्ड रनर्सअपले व्रिटिस कलेजबाट पचास प्रतिसत छात्रबृती तथा सहभागीले पहिलो बर्ष अध्यायनका लागि पचिस प्रतिशत छात्रबृत्ती प्राप्त गर्ने दाबी गरिएको छ।

१६ देखि २१ बर्षसम्मका एसईई तथा प्सल टु परिक्षा दिएर बसेका विद्यार्थीको फूर्सद सदुपयोग गर्दै आयोजित प्रतियोगीतामा पूर्व मिस नेपाल उषा खड्गी, अभिनेता सलिनमान बानियाँ र सलोन बस्नेत, मोडल पूजा गिरी, दीपक घिमिरे र दिब्या प्रभा झा निर्णायक रहेका थिए।