एलिशा मिस मकवानपुर

0
Shares

हेटौंडा।

कलिउड सुपर डान्स एण्ड फिटनेस प्रालिको आयोजनामा सम्पन्न मिस मकवानपुर सिजन-४ मा १५ प्रतिस्पर्धीलाई उछिन्दै हेटौंडाकी एलिशा पराजुली विजेता बन्न सफल भएकी छन्।

विजेता भएवापत उनले ७० हजार रुपियाF नगदसहित विभिन्न अवसर र पुरस्कार प्राप्त गरेकी छन्। प्रतियोगितामा शारंसा पाण्डेले फस्ट रनर्सअप भई ३५ हजार नगद र विभिन्न अवसर प्राप्त गरेकी छन्। उनी भ्युवर्स च्वाइसको विजेता पनि भइन्। त्यस्तै प्रजिता मैनालीले सेकेन्ड रनर्सअप भई २० हजार र विभिन्न अवसर प्राप्त गरेकी छन्।

आश्का कार्की कोरियोग्राफर च्वाइस र ऋतिका दुलाल अर्गनाइजर च्वाइस भएको प्रतियोगितामा मकवानपुरका १५ जनाले प्रतिस्पर्धा गरेका थिए। मिस नेपाल अर्थ २०२० की सुप्रिया श्रेष्ठ प्रमुख निर्णायक रहेको प्रतियोगितामा मोडल तथा नायक अमिर गौतम, पंकजसिंह ठकुरी र एञ्जिला श्रेष्ठ निर्णायक रहेका थिए। सिजन-४ को कार्यक्रम संयोजक सिजन-३ की विजेता सीमा योञ्जन थिइन् भने फेसन कोरियोग्राफर सोफिया फागो थिइन्।