बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा श्रेष्ठ

0
Shares

काभ्रे । बिन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २९ औं वार्षिक सभा सम्पन्न भएको छ । सभाले आगामी चार वर्षको लागि शान्तकुमार श्रेष्ठको अध्यक्षतामा १३ सदस्य संचालक समिति र रामकुमार श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय लेखा सुपरिवेक्षण समिति निर्विरोध निर्वाचित भएको निर्वाचन उप समितिका संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनुभएको छ ।

समितिको उपाध्यक्ष रामहरी तिमल्सिना, सचिव डोरेन्द्रराज सापकोटा, कोषाध्यक्ष भिमबहादुर खत्री रहनु भएको छ । सदस्यहरुमा सुनिता धिताल, केशव थापा, अर्जुन खनाल, पुनम घिमिरे, गणेशप्रसाद पराजुली, बुद्धिमाया लामा, लोकदर्शन कर्माचार्य, जमुना खड्का र प्रकाश बहादुर कायस्थ रहेका छन् ।

लेखा समिति सदस्यमा सिद्धिलक्ष्मी पोटे सैजु र विदुर थापा रहेका छन् । आसोज ६ र ७ गते आयोजना गरिएको साधारण सभाको पहिलो दिन बनेपामा अध्यक्ष प्रदिप थापाको अध्यक्षतामा साधारण सभा आयोजना गरिएको थियो । प्रमुख अतिथि बनेपा नगरपालिकाका उप प्रमुख विमला सापकोटा दाहालको प्रमुख आतिथ्यतामा नेपाल पत्रकार महासंघ काभ्रेको निवर्तमान अध्यक्ष मोतिराम तिमल्सिना, काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का संचालक बालकृष्ण दाहाल, विभिन्न बैंकका शाखा प्रबन्धक लगायतको सहभागिता रहेको थियो ।

त्यस्तै पाँचखाल क्षेत्रमा उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाको अध्यक्षतामा पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको प्रमुख आतिथ्यता, भकुण्डेमा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षतामा नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ्ग लामाको प्रमुख आतिथ्यता, रोशी गाउँपालिकाका अध्यक्ष दिनेश लामाको विशेष आतिथ्यता र बानेश्वरमा संचालक राजेन्द्रप्रसाद गुरागाईको अध्यक्षतामा सम्पन्न भएको प्रमुख कार्यकारी अधिकृत केबी लामा स्यांङतानले जानकारी दिनु भएको छ ।

असोज ८ गते पनौतीमा अध्यक्ष प्रदिप थापाको अध्यक्षता र पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यता, खोपासीमा उपाध्यक्ष भिमसेनप्रसाद सापकोटाको अध्यक्षता र पनौती नगरपालिकका उपप्रमुख गिता बन्जाराको प्रमुख आतिथ्यता र ढुंखर्कमा कोषाध्यक्ष शान्तकुमार श्रेष्ठको अध्यक्षता र बेथानचोक गाउँपालिकाको अध्यक्ष भगवान अधिकारीको प्रमुख आतिथ्यतामा सभा आयोजना गरिएको छ ।

साधारण सभाले ३ सय ३१ जना जेष्ठ सदस्य र १ सय ४२ जना अपाङ्गता भएका सदस्यहरुलाई सम्मान तथा भत्ता वितरण गरिएको थियो । सभामा आर्थिक वर्ष २०७८/७९ को प्रगति प्रतिवेदन, चालु आर्थिक वर्षको शशोधित बजेट, नीति तथा कार्यक्रम, आगामी आर्थिक वर्ष २०८०/८१ को प्रस्तावित बजेट, नीति तथा कार्यक्रम पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको खुद मुनाफबाट १५ प्रतिशत शेयर लाभांश, ऋणको व्याजमा १ प्रतिशत र बचतको व्याज योगदानमा १.५ प्रतिशत संरक्षित पूँजी फिर्ता कोष वितरण गर्ने प्रस्ताव गरेको छ ।

संस्थामा ४६ हजार ३ सय २१ सदस्य सहित ५५ हजार ४ सय २२ जना सेवाग्राहीलाई सेवा प्रदान गर्दै आएको बिन्धवासिनी साकोसले आगामी आर्थिक वर्ष भित्र ७३ हजार ६ सय ८१ जना सेवाग्राहीलाई सेवा प्रदान गरी कूल सम्पत्ति ६ अर्ब ८० करोड पु¥याउने लक्ष्य लिएको प्रमुख कार्यकारी अधिकारी के.बि.लामाले बताउनु भएको छ ।

सहकारीमा २ हजार १ सय ८३ समुह सक्रिय छन् । बार्षिक ५० करोड ७२ लाख ७० हजार २ सय ९४ आम्दानी गरेको सहकारीले ४ अर्ब २३ करोड ९६ लाख १९ हजार ४ सय २० रुपैयाको पुँजी पु¥याएको छ ।