फाल्गुनन्द लिङदेन फिल्म्स्द्वारा निर्मित फिल्म रीतको सोमबार राजधानीको जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर गरिएको छ।
प्रिमियर शोमा गायिका मनु नेम्बाङ, कलाकारद्वय कृष्णराज नेम्बाङ र अगमसिंह यक्पाङदेनलाई सम्मान गरिएको छ। लिम्बू भाषा संस्कृतिमा बनेको फिल्ममा लिम्बु जातिको विवाहसँग सम्बन्धित कथा छ।
लक्ष्मी योङहाङ, विमला खजुम, तान्छोहाङ ईङनाम, सागर केरुङ, याशेली योङहाङ, तेज मेन्याङबो, सोनु थोक्लीहाङ, भिम थेबे, पुर्ण सेलिङ, रत्न लिङदेन लावती, नन्दु तुम्वापो, एन्जिला नेम्वाङ, राजु घिमीरे, प्रभु कुरुम्बाङ, नितु रानी नेम्वाङ र दिनेश माङमुले अभिनय गरेको फिल्ममा होमकुमार लावती, आशा नेम्वाङ र बिष्नु कुमार ईङनाम निर्माता तथा बसन्त थेबे सहनिर्माता रहेका छन्।
मिक हाङ लिङदेनको प्रस्तुति रहेको फिल्ममा संगित मान तबेबुङ र अशोक राई, गायन मेचु धिमाल, सुसन साम्सोहाङ, मान तबेबुङ र श्रेयसी चेम्जङको, नृत्य दिनेश माङमु र छायांकन सुमन योन्जनको रहेको छ। फिल्ममा सागर केरुङको कथा र दिनेश लिङदेनको निर्देशन रहेको छ।
प्रतिक्रिया