छानिए किड्स इन्टरनेशनल

0
Shares

किड्स अफ द इयर इन्टरनेशनल २०२२ मा एकसाथ ३ विजेता छानिएका छन्। प्रतियोगीतामा किड्स अफ द इयर इन्टरनेशनलमा बालकतर्फ विलिप मानन्धर शिर्ष विजेता बने भने सायन केसी फस्ट, विनिक खड्गी सेकन्ड र मेवान देगम शाक्य थर्ड रनर्सअप भए।

त्यस्तै बालिकातर्फ आरध्या विष्टले शिर्ष उपाधि चुमिन् भने इलियाना वैद्य फष्ट, हर्षिका खड्का सेकेन्ड र उत्सुक्ता श्रेष्ठ थर्ड रनर्सअप भइन्। त्यसै गरी सिनियर श्रेणीमा बालिकातर्फ शिखा मान्नधर उपाधि विजेता भइन्।

विजेता सबैलाई उपाधिका साथमा विभिन्न अवसर र उपहार प्रदान गरिएको छ। रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीद्वारा आयोजित प्रतियोगितामा सातदेखि १३ वर्षसम्मका बालबालिकाको सहभागिता रहेको थियो। राज फैजुको कोरियोग्राफी रहेको प्रतियोगिामा डझेस डिजाइन श्रीषा बैदारको रहेको थियो।