प्रेमगीत ३ ऐतिहासिकरूपमा विश्व बजारमा १२ सय पर्दाबाट प्रदर्शनमा आउँदै



प्रेमकथाको बहुचर्चित सिक्वेल फिल्म प्रेमगीत ३ आज शुक्रवारदेखि नेपाल र भारतसहित एक साथ विश्वका विभिन्न देशको १२ सय पर्दाबाट ऐतिहासिक रूपमा विश्वबजारमा रिलीज हुने भएको छ।

नेपाल र भारतसँगै अमेरिका, क्यानडा, मलेसिया, दक्षिण अफ्रिका, अस्टझेलिया, न्युजिल्यान्ड, दक्षिण कोरिया, फिजी, जापान, यूएई, बेलायत, सिंगापुरलगायतका देशका १२ सय पर्दाबाट रिलीज गर्न लागिएको फिल्मले नेपाल र भारतका हलमा असोचनिय रूपमा अग्रिम बुकिङ पाएको छ। फिल्मका निर्माता तथा निर्देशक सन्तोष सेनका अनुसार भारतका हलमा मात्र यो फिल्मले ९५ प्रतिशत अग्रिम बुकिङ पाएको छ। पाँच सयदेखि हजार स्क्रिन भएको भारतका सिनेमा घरमा ९५ प्रतिशन दर्शकको उपस्थित छ। हाम्रो देश नेपालमा त नहुने कुरै भएनु उनले भनेका छन्।

फिल्मको हिन्दी डब संस्करण विश्वभरका १२ सय पर्दाबाट एकसाथ रिलिज हुँदैछ भने नेपालका करिब डेढ सय पर्दाबाट रिलीज हुनेछ। फिल्मको रिलीजलाई लिएर भारतको अनलाईन पोर्टल बलिउड हंगामा डटकमले महङ्कवका साथ समाचार सम्प्रेशण गरेका छ। भारतमा मात्र पाँच सय पर्दाबाट फिल्म रिलिज हुने बलिउड हंगामाले जनाएको छ। भारतमा डेढ करोड (भारु) को ओपनिङ हुने उल्लेख गर्दै सो वेबसाइटले विश्वभर ओपनिङकलेक्सन साढे ५ करोड (भारु) ग्रस हुने जनाएको छ।

नेपाल रिलीजलाई लिएर फिल्मको निर्माण र चलचित्र विकास बोर्ड पक्षबीच जुहारी चलिरहेको छ। निर्माण पक्षले नेपाली निर्माताले नेपाली कलाकार र प्राविधिकलाई निर्माण गरेकाले यसको हिन्दी डब संस्करणलाई पनि नेपाली फिल्म मान्नुपर्ने दाबी गर्दै आएको छ भने बोर्ड र नेपाल चलचित्र निर्माण संघले यो संस्करण विदेशी भाषामा पर्ने जनाउँदै आएको छ। निर्माण पक्ष बोर्डको तालुकदार मन्त्रालय सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा गुनासो गर्न पुगेपछि भएको छलफलमा हिन्दी डब संस्करणलाई नेपाली फिल्मको व्यवहार गर्ने सहमती जुटेको छ।

यस विषयमा फिल्म क्षेत्रमै गहिरो मतान्तर देखिएको छ।यसैबीच निर्माता निर्देशक सेनले हिन्दी संस्करण नेपालमा केहीपछि मात्र रिलीज हुने जनाएका छन्। प्रेम गीत ३ हिन्दी भर्सन विभिन्न प्राविधिक कारणले १-२ रिलीज गर्न नसक्ने स्थिति सृजना गराइयो अप्रत्यक्ष रूपमा षड्यन्त्र भएको आरोप लगाउँदै सामाजिक सञ्जालबाट उनले दर्शकलाई जानकारी गराएका छन् वास्तविकता पछि जानकारी गराउने नै छौँ। घटस्थापनाको दिन हिन्दी प्रेम गीत ३ नेपालभरी प्रदर्शनमा आउने जानकारी गराउँदछौँ।

सेनका साथमा स्व. छेतेन गुरुङद्वारा निर्देशित फिल्ममा प्रदीप खड्का, कृष्टीना गुरुङ, शिव श्रेष्ठ, सुनील थापा, पुष्कर कार्की, माओत्से गुरुङ, मनिष राउत, सन्तोष सेनलगायतका कलाकारले अभिनय गरेका छन्।

प्रतिक्रिया दिनुहोस्