दैलेखमा खोलाले बगाउँदा २ को मृत्यु

0
Shares

दैलेख । दैलेखमा खोलाले बगाउदा २ जनाको मृत्यु भएको छ । महाबु गाउँपालिका १ निवासी ४५ वर्षीय लिला भनिने वीर बहादुर थापा र भैरवी गाउँपालिका १ निवासि ५४ वर्षीय कृष्ण बुढाको स्थानीय छामघाट खोलाले बगाउँदा मृत्यु भएको हो ।

आज दिउँसो खोला तर्ने क्रममा बगेर उनीहरुको मृत्यु भएको हो । महाबु निवासी थापा स्थानीय भैरवी गाउँपालिकामा छिमेकि भेटघाट गरेर फर्किने क्रममा रावतकोट निवासी बुढाले आफन्त थापालाई खोला तार्ने क्रममा खोलाले बगाएको स्थानीय प्रत्यक्षदर्शीले बताएका छन् ।

मृतक दुई सम्धिसम्धि नाता पर्ने रहेको समेत बताइएको छ । मृतक द्वयको शवलाई पोष्टमार्टमको लागि दैलेख प्रहरीले सदरमुकाम जिल्ला अस्पताल पुर्याएको छ ।