बेलायतबाट कति माया गर्छौ


बेलायतको भव्य रमणीय दृश्य, जहाँ ह्यान्डसम पदम गुरुङ र ब्युटीफुल रिया पुन गुरुङको रोमान्टिक अवतार देखिन्छ। शान्त शैलीमा एक-अर्काको प्रेम आभाष गरिरहेको जोडीलाई देख्नेले तारिफ नगरी रहन सक्दैनन्।

शान्त स्वभावका पदम गुरुङ र रिया पुन गुरुङको यो लोभलाग्दो केमेस्टझी भन कति माया गर्छौ मलाई बोलको गीतको भिडियोमा देखिएको हो। जसमा उनीहरूले वैंशालु उमेरमा गहिरो प्रेममा परेको एक रोमान्टिक जोडीको प्रतिनिधित्व गरेका छन्।

भिडियोमा एक-अर्कालाई कति माया गर्छौ मलाई भनी सोध्दै तिमी मेरो शितल जुन र बिहानको किरण हौजस्ता उपमा दिएका छन् उनीहरूले। बेलायतका रमणीय स्थान र मोडलद्वयको गहिरो प्रेमाभावले भिडियोलाई आकर्षक बनाउन सफल भएका छन् भिडियोका निर्देशक कुशल श्रेष्ठ।

उत्तम जंग लिम्बू र दीपा लामाको स्वर रहेको सार्वजनिक गीतको भिडियोमा प्रेम र रोमान्सका किस्सालाई निर्देशक कुशल श्रेष्ठले प्रेमील ढंगले प्रस्तुत गरेका छन्। निर्देशक श्रेष्ठकै छायांकन भिडियोमा तारिफयोग्य छ। निर्देशक श्रेष्ठकै सम्पादन रहेको गीतमा शब्द विनोद गुरुङ र संगीत उत्तमजंग लिम्बूको रहेको छ। सञ्जय शाहको एरेन्जमेन्ट रहेको गीतको भिडियोमा दीपिका श्रेष्ठको कोरियोग्राफी रहेको छ।