किड्स क्विनको ट्यालेन्ट शो

0
Shares

नेप्लिज फेसन होमले आगामी असोज २९ गते राजधानीमा आयोजना गर्ने १८औं संस्करणको किड्स क्विन नेपाल प्रतियोगिताअन्र्तगतको ट्यालेन्ट शोमा स्पर्धाका सहभागी आफूमा अन्तर्निहित प्रतिभा प्रदर्शन गरेका छन्।

मिस ट्यालेन्ट उपउपाधिका लागि आयोजित ट्यालेन्ट शोमा बालिकाहरूले अभिनय, नृत्य, चित्रकला, वाद्यवादन, वक्तृत्वकलाजस्ता आफूमा लुकेको प्रतिभा प्रदर्शन गरी निर्णायक तथा अभिभावकलाई प्रभावित पार्ने प्रयास गरेका थिए।

आयोजक संस्थाकी अध्यक्ष हेमा मानन्धरको सभापतित्व तथा वडा नम्बर १९ का वडा अध्यक्ष कुश ढकालको प्रमुख आतिथ्यता, समाजसेवी सुरबहादुर श्रेष्ठ, मिस नेवाः २०२२ सलिना महर्जन र किड्स क्विन सोसियल वेलफेयर एम्बेसडर चिफ २०१८ अपेक्षा शेरचनको विशेष आतिथ्यतामा सम्पन्न ट्यालेन्ट शोमा नेपाल क्योकुसिन सेसिन काईकन कराते संघका अध्यक्ष अशोककुमार श्रेष्ठ, सौन्दर्यविद मञ्जु काकर्मी पाण्डे, फेसन डिजाइनर शोभा महर्जन, मिस नेवाः ११३६ की फष्ट रनर्सअप रेजिशा डंगोल र मिस नेवाः २०२१ कृषा महर्जन निर्णायक रहेका थिए।

बालिकाहरूमा अन्तर्निहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षा कला र आत्म विश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको नेप्लिज फेसन होमकी अध्यक्ष मानन्धरले बताइन्।