मुदिता मिसेस टुरिजममा

0
Shares

थाईल्याण्डमा हुने अन्तराष्ट्रिय सौन्दर्य प्रतियोगिता मिसेस टुरिजममा नेपालको प्रतिनिधित्व मुदिता तुलाधरले गर्ने भएकी छन्।

मिसेस टुरिजममा नेपालको प्रतिधित्व गराउनका लागि नेपाली आधिकारीक संस्था ईप्लानेटले काठमाडौंमा एक कार्यक्रमका बीच तुलाधरलाई मिसेस टुरिजम नेपाल २०२२ को क्राउन पहि-याएको थियो।

कार्यक्रममा तुलाधरलाई सन् २०१९ की मिसेस युनिभर्स नेपाल अनिला श्रेष्ठले क्राउन परिहार्ई दिएकी थिइन्। काठमाडौं निवासी दुई सन्तानकी आमा तुलाधारले क्राउनले आफूलाई जिम्मेवारी थपिएको महसुस भएको बताइन्। प्रतियोगितामा स्पर्धा गर्न मुदिता आगामी सेप्टेम्बर २३ मा नेपालबाट थाईल्याण्ड प्रस्थान गर्नेछिन्।

विदेशी आगन्तुक तथा लगानीकर्तालाई नेपालमा आकर्षित गर्ने र राष्ट्रियताको भावना अभिवृद्धि गर्ने उदेश्यका साथ मिसेस टुरिजमको फ्रेन्चाईजी नेपालमा भित्र्याएको आयोजक ईप्लानेट नेपालका सन्तोष सापकोटाले बताए।