सैनिकका सन्तानलाई वर्षेनी २० हजार छात्रवृत्ति

0
Shares

काठमाडौं । नेपाली सैनिकका सन्तानलाई वार्षिक २० हजारका दरले छात्रवृत्ति प्रदान गरिँदै आएको छ । विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्ने मौका नपाएका सैनिकका सन्तानलाई उक्त छात्रवृत्ति प्रदान गरिँदै आएको हो ।

आज (शुक्रबार) पत्रकार सम्मेलनमार्फत नेपाली सैनिकका सन्तानले विद्यालय तथा महाविद्यालयमा अध्ययन गर्न नपाएर आफ्नै व्यवस्थामा अध्ययन गर्दै आएका उनीहरुलाई वार्षिक २० हजारका दरले छात्रवत्ति प्रदान गरिएको जनाएकाे छ ।

त्यस्तै सैनिकका हिताधिकारीहरुका १ जना सन्ततीलाई कक्षा ४ देखि १२ सम्म अध्ययन गर्न वार्षिक २० हजारका दरले छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताइएको छ । आर्थिक वर्ष २०७९/८० मा ३४ हजार २ सय २० जनालाई छात्रवृत्ति वितरण गरिएको छ ।

प्रधान सेनापति छात्रवृत्ति विरगती प्राप्त सैनिकका ६ देखि १८ वर्षसम्मका २ सन्ततिलाई प्रतिव्यक्ति वार्षिक २० हजारका दरले उपलब्ध गराउँदै आएको पत्रकार सम्मेलनमार्फत जानकारी गराइएको छ ।