सम्पत्ति शुद्धीकरण मामलामा तानिइन् नोरा

0
Shares

सम्पत्ति शुद्धीकरणको मुद्दामा मुद्दा खेपिरहेका भारतीय नागरिक सुकेश चन्द्र शेखरको मामलामा जोडिएको विषयमा अभिनेत्री ज्याकलिन फर्नान्डिजपछि दिल्ली प्रहरीले अभिनेत्री नोरा फतेहीसँग सोधपुछ गरेको छ।

बिहीबार दिल्ली प्रहरीमा पुगेकी नोरालाई बिहान ११ बजे बोलाइए पनि फ्लाइट ढिलो भएका कारण केही अबेर पुगेको भारतिय सञ्चार माध्यमले जनाएका छन्। कालो हुडी लगाएकी उनी कालो चस्मा र कालो मास्कले अनुहार ढाकेर प्रहरी चौकीभित्र हतार हतार छिर्दै गरेको उनको भिडियो हाल सामाजिक सञ्जालभरि फैलिएका छन् भने मानिसहरू उनको टझोल गरिरहेका छन। शुकेसबाट विभिन्न महँगा उपहार तथा नगद उपहारस्वरूप स्विकार गरेको विषयमा उनीसँग सोधपुध गरेको भारतीय सञ्चार माध्ययमले जनाएका छन्।

यसका साथै शुकेस तिहाड जेलमा रहेका बेला उनले अन्य चर्चित टेलिभिजन कलाकार तथा मोडलहरू निक्की तम्बोली, चाहत खन्ना, आरुषा पाटिल तथा सोफिया सिंहसँगसमेत भेटघाट हुने गरेको बाहिरिएको छ।भारतीय प्रर्वतन निर्देशनालयले तयार पारेको आरोपपत्र अनुसार उनीहरूसँगको भेटको चाँजोपाँजो मिलाउने काम भने शुकेसको सहयोगी पिंकी इरानीले मिलाउने गर्थिन् भने सुकेशसँग भेटघाट गरेवापत उनीहरूले महँगा उपहार तथा नगद पाउने गर्थे।

बिग बोसको सहभागीसमेत रहेकी निक्की तम्बोलीसँग भने सुकेशले तिहाड जेलमा रहेका बेला सन् २०१८ मा भेटेका थिए। पहिलोपटक पिंकीको साथमा शुकेसलाई भेटेकी निक्कीले दोस्रोपटक एक्लै शुकेससँग भेटेको र पहिलोचोटी भेटेवापत डेढ लाख रुपियाँ पाएकी उनले दोस्रो भेटमा भने दुई लाख नगद तथा २ वटा महँगो गुचीको ब्याग उपहारस्वरूप पाएकी थिइन्। यस मामलामा केही समयअघि प्रहरी सोधपुछमा निक्कीले आफूलाई पिंकी इरानीले शुकेस दक्षिण भारतीय फिल्म निमाता रहेको भन्दै भेटाएको र भेटपश्चात् आफूलाई दुई लाख रुपियाँ र घडी उपहार दिएको बताएकी थिइन्।