धरानमा ढुंगा प्रहार गर्नेलाई जी बबको जवाफ हेटर्सलाई पनि लभर्स बनाएर जान्छु


एएनटीएफ -याप ब्याटलबाट एक्कासि चर्चामा आएका -यापर जी बबले पहिलोपल्ट धरानका दर्शकलाई भरपुर मनोरञ्जन दिलाएका छन्। उनले आफ्ना -याप गीत प्रस्तुत गर्ने क्रममा दर्शक दिर्घाबाट स्टेजमा ढुंगा प्रहार भएपछि हेटर्सलाई पनि लभर्स बनाएर जान्छु भन्दै कार्यक्रम चालु राखेका थिए।

जी बबका नामले लोकप्रियता कमाएका सुदीप भण्डारीले हालै फुल भोल्युम कन्सर्टमार्पmत धरानका संगीतप्रेमीलाई मनोरञ्जन दिलाएका हुन्। कन्सर्टमा अश्लिल कुराकानी तथा बाबुआमा बारेको टिप्पणीका कारण विवादमा समेत पर्दै आएका जी बबसँगै लोकप्रिय गायिका अस्मिता अधिकारीले पनि आफ्ना गीत प्रस्तुत गरेर दर्शक झुमाएकी थिइन् भने -यापरहरू प्लस डिभाइड र सिरुपातेसँगै धरानका डीजे नभसनले डिजेइङसमेत प्रस्तुत गरेका थिए। मिलेन लेभल तेरो बाउ बोला ए बोलको बहुचर्चित -यापसँगै फाइनल्ली भेटियो, कलाको म धनी, भाग न भाग, कलाकार, सिधा कुरा मेरो र सरी ममलगायतका युवामाझ आफ्ना अन्य लोकप्रिय गीत प्रस्तुत गरेका थिए।


जी बब पूर्वमा नै पहिलोपल्ट कन्सर्टमा सहभागी भएका हुन्। कन्सर्टमा यत्तिका दर्शक पहिलोपल्ट देखेको भन्दै जी बबले आफना प्रस्तुति दिइरहँदा समय सकिएको आयोजकले जानकारी दिएपछि दुःखी हुँदै यति चाडै धरान बन्द हुन्छ र भन्दै गाउने समय मागेका थिए। तर, समयमा कार्यक्रम सक्नका लागि आयोजकले उनका मुख्य गीत मिलेन लेभल र सरी मम गाउन अनुरोध गरी कार्यक्रम टुंग्याएका थिए।

कन्सर्टमा बाबरी रंगमाजस्तो लोकप्रिय गीतकी गायिका अस्मिता अधिकारीले काफल कमल, टाढा भए पनि, लज्जावती झार, साली मन प-यो, तिम्रो मायाले बाँधेर राखलगायतका गीत गाएर दर्शक नचाइन्। त्यस्तै, -यापर प्लस डिभाइडका शब्दको युद्ध, बाबुभित्र केही खास, आको म यहाँ, चाहिनेभन्दा बढी, म जहिलेलगायतका गीत तथा-यापर सिरुपातेका राजनीति, मस्त, नोबडी नोज, कालेभाइलगायतका गीत प्रस्तुत गरिएको थियो। सिल्भर इन्टरटेनमेन्टको आयोजनामा रिया सेन्चुरीको आकर्षक नृत्यबाट शुरु गरिएको कार्यक्रम ढिलो रातिसम्म चलेको थियो।