देउडामा खोड्पे पाटन


बैतडी।

देउडा गायक माधव विष्ट ‘कैलाश’ को खोड्पे पाटन बोलको नयाँ देउडा गीत हालै सार्वजनि गरिएको छ। सुदूरपश्चिम स्वर्गसरी, चौलानीका छालैछाल, जन्मभूमि, फर्केर आइग्या दोगडा केदार हुँदै भेट पनि भैगयोजस्ता गितमा लय, शब्द संकलन र अभिनय गरेका विष्टले यसपटक फरक शैलीको गीत खोड्पे पाटन सार्वजनिक गरेका हुन्।

गौरा तथा दशैंका बिचमा आफ्नै नामको युट्युब च्यानलबाट सांगितिक उपहारस्वरूप नया देउडा कासेली सार्वजनिक गरेका उनको यो गीतलाई पनि मन पराइएको छ।बाल्यकालमा हास्ने, खेल्ने, सँगै रमाउने साथी, सँगै स्कुल जाँदा आउँदा र गाईबाख्रा चराउँदाका दिन एकआपसमा लाएको माया पिरती कलेज पढ्दै गर्दा एउटा सहर पस्छ र आफ्नै तालमा रमाउँछ, हराउँछ। तर, अर्काे पहाडतिरै ब्यस्त हुन्छ र जीवनका दिन उर्लिँदै जान्छन्।

सायद दुबैको मन मुटुमा उत्तिकै माया प्रेम त हुन्छ तर एकआपसमा सम्पर्कविहीन भएर बुढेस कालसम्म पनि फेरि भेट हुने आसामा बसिरहेको मान्छे गाइबाख्रा चराउँदा या अचानक हराएको माया नामको एक उपन्यास को पुस्तक पढ्दा आफ्नी ती मायालुको यादले अचानक भावविह्वल हुन्छ र बाल्यकालदेखि स्कुल क्याम्पस पढ्दादेखि आजसम्मको सबै दृष्य स्मरण

गरिएको कथा प्रस्तुत गरिएको छ गीतको भिडियोमा। विष्टको शब्द र लय तथा भरत भट्टको स्वर रहेको गितको एरेन्जमेन्ट भुवन प्रकाश बडुले गरेका छन्। जीवन कथामा आधारित शब्द र कहानीले भरिएको गितको भिडियो निर्देशन केशवराज भट्टले गरेका छन् भने माधव विष्ट, पूजा नाथ, सुगम केसि,सन्जना गोतामे, बाल कलाकार सरोज बराम र सालिना श्रेष्ठले अभिनय गरेका छन्।