टेलरमाथि चोरीको आरोप

0
Shares

हलिउड गायिका टेलर स्विफ्टमाथि गीत चोरीको आरोप लागेको छ। टेरेसा ला डर्ट नामकी एक लेखिकाले टेलरको सन् २०१९ मा प्रकाशित लभर नामक एल्बममा समावेश केही गीत सन् २०१० मा प्रकाशित आफ्नो पुस्तक लभरबाट चोरिएको आरोप लगाउँदै हालै एक मिलियन डलर बराबरको क्षतिपूर्तिको मागसहित उनीविरुद्ध अमेरीकाको टिनिसस्थित एक अदालतमा मुद्दा दायर गरेको पेज सिक्समा प्रकाशित समाचारमा जनाइएको छ।

टेलर आफ्नो सन् २०१४ को चर्चित गीत सेक इट अफ चोरीको आरोपमा अर्को एक मुद्दा पनि झेलिरहेकी छन्। थ्री एलडब्लु ब्यान्डको प्ले इज प्ले गनबाट उक्त गीत चोरीएको आरोप लागे पनि टेलरले भने उक्त आरोपलाई नकार्दै आइरहेकी छन्। ३२ वर्षीया विश्वचर्चित टेलर युवा पुस्तामाझ लोकप्रिय छन्।