कृपाको एक छिन

0
Shares

सारेगमप लिटिल च्याम्स विजेता कृपा पौडेलद्वारा स्वरबद्ध तिमीसँग एक छिन बोलको गीत सार्वजनिक भएको छ। रोमान्टिक शैलीको गीतमा संगीत दीक्षित पौडेलको रहेको छ भने मन्दिरा ढुंगेलको शब्द रचना र कल्याण सिंहको एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियोमा गायिका कृपासँगै सप्रबराज जोशी, कृषा लोहनी, सोनाली शिल्पकार र भवानी शिल्पकार देखिएका छन्।

राजिव लोहनीद्वारा निर्देशित भिडियोमा छायांकन भवानी शिल्पकारको छायांकन रहेको छ। गीत म्युजिक नेपाल र कृपा पौडेल संगीतको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।