चमक रनवे शोको

0
Shares

नेपाली बजारमा आफ्नो अलग पहिचान बनाउन सफल क्लोथिङ ब्रान्ड अजिजाको रन्वे शो सम्पन्न भएको छ। राजधानीको दरबारमार्गस्थित होटेल याक एन्ड यतीमा हालै सम्पन्न शोमा फेसन, मनोरञ्जन तथा फिल्मका कलाकारको प्रस्तुति रहेको थियो। भव्य सेट डिजाइन, झुमरहरूको उच्चतम प्रयोग, अत्याधुनिक साउन्ड तथा लाइटको राम्रो समिश्रणले झकिझकाउ बनेको शोमा चर्चित फेसन मोडल तथा पूर्व मिस नेपालले श्वेता प्रधानका कलेक्सन पहिरेर -याम्प नापेका थिए।

शोमा पूर्व मिस नेपाल अस्मी श्रेष्ठ र निकिता चण्डकका साथै सुपर मोडेल आस्था पोखरेल, सबिता कार्की, पूजा गिरी, आयुश्मा रानी सिंह, सुदीपा पाठक, रुबिना थापा लगायत ४२ जना मोडलले श्वेता प्रधानका इन्डो वेस्र्टन, इथ्निक तथा वेडिङ कलेक्सन पहिरेर -याम्पमा क्याटवाक गरेका थिए।

अजिजा द रनवे सो बाई श्वेता प्रधान नाम दिइएको शो कुल १६ सिक्वेन्समा विभाजित गरिएको थियो। जसमा विभिन्न रंगलाई थिम बनाई सिक्वेन्स डिजाइन गरिएको थियो भने सेलीब्रेटि सिक्वेन्स, सेलिब्रेटी विथ मोडल सिक्वेन्स, मोडल सिक्वेन्सलगायतका विभिन्न शोमा मोडलहरूले -याम्प नापेका थिए। साढे २ घण्टा लामो शोको दुई सिक्वेन्समा पुरुष मोडलले सेरबानी कलेक्सन प्रस्तुत गरेका थिए।

नौरिन लारी, सरिता श्री ज्ञवाली, लक्की शेर्पा, डा. स्वराज प्रधान राज भण्डारी, पूर्व मिस नेपाल इशानी श्रेष्ठ-याम्पमा उत्रिएर शोको आकर्षण बढाएका थिए। शोको अन्तिममा अभिनेत्री प्रियंका कार्कीको प्रस्तुतिले अझै माहोल उल्लासमय भएको थियो।

फेसन आइकन प्रशान्त ताम्राकार, गायिका इन्दिरा जोशी, फोटोग्राफर राजभाइ सुवाल, गौतम धिमाल, विकास खतिवडा, कलाकार आयुष्मान देशराज जोशीलगायतका चर्चित हस्तीको सहभागिताले शोको रौनकता बढाएको थियो। अजिजा द रन्वे सो बाई श्वेता प्रधान पुरन जोशीको कोरियोग्राफरमा सम्पन्न भएको थियो भने इभेन्ट म्यानेजमेन्ट आइडिया पिक्सेलले गरेको थियो।