मदनकृष्णको माया रोपे फल्छ

0
Shares

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता तथा गायक मदनकृष्ण श्रेष्ठको नयाँ गीत माया रोपे माया फल्छ सार्वजनिक भएको छ।
ओएसआर डिजिटलको युट्युबबाट सार्वजनिक भएको गीतमा प्रमोद भट्टराई ‘प्रतीक’ को शब्द रचना रहेको छ भने कृति न्यौपानेको संगीत र पुरुषोत्तम सुवेदीको संगीत संयोजक रहेको छ।

कृष्णदेव रुपाखेतीद्वारा निर्देशित पारिवारिक जीवनशैली झल्किने गीतको भिडियोमा अभिनेता श्रेष्ठले नै अभिनय गरेका छन् भने निक शर्मा, ऋचा थापा र बाल कलाकार अर्नव घिमिरेले अभिनयमा साथ दिएका छन्। सुनील क्षेत्रीको कोरियोग्राफी रहेको भिडियोमा छायाँकन उत्सव दाहाल र सम्पादन विकास ज्ञवालीको रहेको छ। भिडियो युट्युबमा ५८ लाख बढीले हेरेको छन्।