शान्तिको कामनासँगै लाखबत्ती प्रज्ज्वलन

0
Shares

नेवार सुन्दरीहरूको राष्ट्रिय प्रतियोगिता मिस नेवाः आयोजना गर्दै आएको नेप्लिज फेसन होमले हरेक वर्ष आयोजना गर्दै आइरहेको बालिकाहरूको अर्को प्रतियोगिता किड क्विन नेपाल यस वर्ष पनि हुने भएको छ।

१८औं संस्करणको यस वर्षको प्रतियोगितामा ९ देखि १४ वर्षसम्मका २५ प्रतिभावान् बालिका सहभागी छन्। प्रतियोगितामा सुबारिया श्रेष्ठ, प्रार्थना बज्राचार्य, ममता श्रेष्ठ, श्रीषा श्रेष्ठ, सायुरी पुजारी, सकिरा तामाङ, ग्रेसी शाही, आस्था थापा मगर, सुवा कोजु, सफलता प्रधानांग, इरिना महर्जन, त्रिक्सि चित्रकार, प्राप्ति रेग्मी, परी मगर, स्तुति कार्की, तृप्ति वैद्य, ज्योति कार्की, पलिस्था कुटुवो, इप्शा प्रजापति, प्रश्का पुलामी गृष्मा रञ्चल, निर्जला कौशिला, मर्था तामाङ, कृष्पी पौडेल र नासिका ठकुरी अन्तिम प्रतिस्पर्धाका लागि छानिएका छन्। प्रतियोगिता मिस नेवाः नेपाल २०२२ सलिना महर्जन, मिस नेवाः नपाल प्रिया तण्डुकार र मिस नेवाः नेपाल प्रजिता श्रेष्ठको कोरियोग्राफीमा हुँदैछ।

बालिकाहरूमा अन्र्तनिहीत प्रतिभा प्रदर्शन, आत्मसुरक्षाका कला र आत्म विश्वास वृद्धिका लागि यो प्रतियोगितामा १७ वर्षदेखि आयोजना गरिँदै आएको आयोजक संस्था नेप्लिज फेसन होमकी अध्यक्ष हेमा मानन्धरले बताइन्। उनका अनुसार प्रतियोगितामा सामेल बालिकाहरूलाई आफ्नो रीतिरिवाज, धर्म संस्कृति र चाडबाडका बारेमा समेत ज्ञान प्रदान गर्ने गरिन्छ। यसै क्रममा सहभागीहरूबाट विश्व शान्तिको कामना गर्दै राजधानीको वसन्तपुरस्थित मरु गणेशमा लाख बत्ती बालिएको उनले जानकारी गराइन्। सो अवसरमा समय बजीका साथ सहभागी बालिकाहरूको सु–स्वास्थ, दीर्घायु तथा उज्ज्वल भविष्यको कामना गर्दै कन्या पूजा कार्यक्रमसमेत सम्पन्न गरिएको उनले जानकारी गराइन्।