पलले उच्च अदालतमा पुनरावेदन गर्ने

0
Shares

तनहुँ । 

नाबालिक बलात्कारको मुद्दामा सफाइ पाए पनि बाल यौन दुरुपयोगमा २ वर्ष ६ महिना कैद सजाय तोकिएका अभिनेता पल (पूर्णविक्रम) शाहले उच्च अदालत पोखरामा पुनरावेदन गर्ने भएका छन्।

नाबालिकामाथि बलात्कारको मुद्दामा मंगलबार नवलपुर जिल्ला अदालतले पललाई सफाइ दिए पनि बाल यौन दुरुपयोग गरेकोमा २ वर्ष ६ महिना कैद, २५ हजार जरिवाना र १० लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने फैसला सुनाएको थियो।

अदालतको पूर्णपाठ आउनेबित्तिकै पुनरावलोकनको जाहेरी दर्ता गर्ने तयारीमा आफूहरू रहेको पलका वकिल कमलामोहन वाग्लेले जानकारी गराए। ‘फैसलाको पूर्णपाठ आउनेबित्तिकै हामी उच्च अदालतमा जान्छौँ। जाहेरी दिने तयारी अवस्थामा छौँ’ वाग्लेले भने। यसैबीच, तनहुँ जिल्लामा अदालतमा चलिरहेको पलविरुद्धको यस्तै, प्रकृतिको अर्को मुद्दाको पेशी आगामी असोज २ गतेका लागि तोकिएको छ।